दक्षिण कोरियाले नेपाली कामदार लैजान लिएको कोरियाली भाषा परीक्षामा १५२९८ जना उर्तिर्ण

काठमाडौ  – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार दक्षिण कोरियाले नेपाली कामदार लैजान लिएको कोरियाली भाषा परीक्षामा १५ हजार २ सय ९८ जना उर्तिर्ण भएका छन् । कोरियाले साउन ६ र ७ गते लिएको भाषा परिक्षाबाट यी व्यक्तिहरु पास भएका हुन । भाषा परीक्षामा  ५० हजारले दिएका थिए ।

पास भएकामध्ये १३ हजार २ सय ९८ जना उत्पादनमुलक क्षेत्र र २ हजार जना कृषि क्षेत्रका लागि छनोट भएका श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरी पुस्कर कर्णले बताए ।

कोरियाले यी कामदारलाई सन् २०१२ मा कामदार लैजाने योजना बनाएको छ । नेपाली कामदार रोजगारदाता कम्प्नीले मनपराएको भन्दै कोरियाले नेपाली कामदारको कोटा बढाएको हो । भाषा परीक्षा लिदा उसले ७ हजार १ सय कामदार लैजाने बताएको थियो ।