स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा बृद्धि


 

स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या उल्लेख्य दरले बढेको एक सर्वेक्षणले देखाएको छ । सन् २०१० मा स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आएका पर्यटकबारे करिब १ महिना लगाएर नेपाल पर्यटन बोर्डले गरेको सर्वेक्षणले सन् २००९ को तलुनामा सन् २०१० मा भारतीय पर्यटकको संख्यामा ५७ प्रतिशतले बृद्धि आएको जनाएको हो ।

यस अवधिमा करिब ६ लाख ७५ हजार पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएको बताइएको छ । विभिन्न प्रकारका यातायातको साधन प्रयोग गरी नेपाल भ्रमणमा आएका पर्यटकको आधारमा उक्त संख्या देखाइएको पर्यटन बोर्डका अनुसन्धान विभाग निर्देशक काशीराज भण्डारीले जानकारी गराउनुभयो । यस अवधिमा ९६ हजार ९ सय २८ वटा यातायातका साधनको प्रयोग गरी पर्यटक भित्रिएका पनि सर्वेक्षण देखाएको छ ।

६ लाख ७५ हजार मध्ये १ लाख ५५ हजार बढि पर्यटक तेस्रो मुलुकको भएको पनि सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले देखाए अनुसार १ जना पर्यटक १२ दिनसम्म नेपालमा बस्ने गरेको पनि देखाएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार सर्वेक्षण गरिएको बोर्डको दाबी छ ।

अन्य समाचारहरु