अविरल वर्षाका कारण प्राकृतिक विपत्तिका घटनाप्रति गृह मन्त्रालय गम्भीर, उद्धारका लागि सम्पर्क नम्बरहरू सार्वजनिक

काठमाडौ  – अविरल वर्षाका कारण बढेको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका घटनाप्रति गृह मन्त्रालयले गम्भीर भएको जनाएको छ । उसले उद्धारका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार केही दिनयता २० जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् ।

प्रभावित व्यक्ति तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार गर्न गृह मन्त्रालयले मातहतका सबै निकायलाई परिचालन गरिरहेको दाबी गर्दै समयमै उद्धारका लागि सूचना दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

मन्त्रालयले तत्काल उद्धारका लागि ०१४२११२०८ र ०१४२११२१४ वा प्रहरीको १०० मा तत्काल सूचना दिन आह्वान गरेको छ । मन्त्रालयको विज्ञप्तिअनुसार ०६८ साउन २८ को राति साढे ९ बजे सोलुखुम्बु चौखर्क

अन्य समाचारहरु