– उमाकान्त पाण्डे “गाउंले
यूएई डेस्क – मध्यपुर्वको खाडी अरबी राष्ट्र कुवेतको मरुभुमिलाई आफ्नो कर्म थलो बनाउदै केही पैसा कमाएर आफ्ना बुवा-आमा र परिवारमा आर्थिक सहयोग गर्न आएकी मकावनपुर सुकौराकी शान्तीमाया दोङले कुवेतमा पैसा भन्दा पनि पिडा बटुलेर आँफैलाई अपांग बनाएर गएकी हामी सबैलाई जानकारी नै छ।करिब ५ बर्ष कुवेतको फर्मानिया अस्पातलमा रहेकी शान्तिमायालाई उनको परिवार र आफन्तहरुको आग्रह अनुग्रहमा लामो प्रयत्न पछी नेपाली दुताबास कुवेत,कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु,नेपाल सरकार र बैदेशिक रोजगार प्रबर्दन बोर्ड अनी कुवेत सरकारको सहयोगमा गत अगष्ट ४ मा मेडिकल स्कर्टमै नेपाल पुर्याइएको थियो।
पाटन अस्पतालको कोठा नं ३१२ मा राखिएकी शान्तिमायाको लागि प्रभाबकारी उपचार,थप उपचारको लागि आर्थिक सहयोग र उनलाई कुवेत पुर्याउने एजेन्ट माथिको करबाहीको लागि बिभिन्न संघ-संस्थाहरुले र संचार माध्यमहरुले आबाज उठाइ रहेको सन्दर्भमा “पौरखी नेपाल” संस्थाले एक प्रेश बिज्ञप्ती निकाल्दै सम्बन्धित पक्षलाई थप दबाब दिएको छ।
बैदेशिक रोजगारीमा गएका पीडित नेपालिहरुको सहयोग र उनिहरुको पक्षमा हरेक सेबा उपलब्ध गराउने मुल मन्त्र लिएर अगाडि बढेको संस्था पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङद्वारा हस्ताक्षर गरिएको प्रेश बक्तब्यमा शान्तिमाया दोङको थप प्रभाबकारी उपचार र उनलाई कुवेत पुर्याउने एजेन्ट माथि कडा भन्दा कडा कारबाही गर्न-गराउन सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गरिएको छ।
प्रेश बक्तब्यमा भनिएको छ”शान्तिमायालाई नेपालमा उपचारको क्रममा अरु सहयोगको खाचो छ।तर तत्कालिन श्रम मन्त्री महमद इस्तियाक रायले बैदेशिक रोजगार प्रबर्दन बोर्डले गरेको सहयोग नै सरकारको सहयोग हो भन्दै आर्थिक सहयोगको लागि मन्त्रालय पुगेका उनका आफन्तको निबेदन लिन समेत अस्विकार गरेको घटनाले गर्दा उनको परिवारमा थप पिडा थपिन गएको छ”।प्रेश बक्तब्यको अन्त्यमा भनिएको छ”पौरखी नेपाल संस्था तत्काल शान्तिमायाको उचित श्वासथ्यउपचार,उसलाई पठाउने एजेन्ट माथी कारबाही गर्न र रिक्र्युटिङ एजेन्सिहरु संग आबद्द एजेन्टहरुलाई कानुनको दायरामा ल्याउन नेपाल सरकार संग जोडदार माग गर्दछ।”
पौरखी नेपालको यस महान कार्यको लागि कृतज्ञता ब्यक्त गर्दै अर्घाखाँची डट्कम् परीवार शान्तिमायाको स्वास्थ्य लाभको कामना गर्दछौ।



