– उमाकान्त पाण्डे “गाउंले”
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युएइको अधिवेशन सरेको छ। सदस्य सख्या अत्यधिक बढेको तथा अन्य धेरै कामकाज बाँकी रहेकोले अधिवेशनको मिती सारीएको बताइएको छ । यस पटक सारीएको सँग परिषदले दोस्रो पटक मिती सारेको हो । सुरुमा १९ अगस्टमा हुने भनी सार्वजनिक एवम तयारी गरिएको भनिए पनि अघिल्लो दिन मध्यरातमा सुचना जारी गरी अर्को सुचना जारी नहुँदा सम्म अधिवेशन सरेको घोषणा
गरेको थियो ।
एनआरएन यूएईको वर्तमान कार्यसमितीले ढिला गरी सुचना जारी गर्ने तथा आँफैले तोकेको समयमा अधीवेशन गर्न नसक्नु लाचारी पन भएको बिभिन्न सामाजिक सन्जालमा प्रतिकृया आएको देखिन्छ।
सुत्रले बताए अनुसार नयाँ समितीका लागि प्रत्यासी उम्मेदवार हरुको बिच सहमती गरी सकेसम्म मतदानको प्रकृयामा जान नपरोश भनेर गत हप्ता बसेको एक बैठकमा भएको निर्णय अनुसार अगस्ट २६ मा गरिने भनिएको अधिवेशन लाई करीव ३ हप्ता पछी सारीएको हो।
उता वर्तमान कार्यसमितीका महासचिव सुरेश बस्याल द्वारा प्रेशित सूचनामा गत अगस्ट १९ मा हुने भनिएको संघको महाधिबेशन पूर्णर् तयारी हुनुका बाबजुदपनि निर्धारित समय भित्र पंजीकृत सदस्य को लागि परेको सबै निवेदनलाइ व्यवस्थित र रुजु गर्नका लागि केहीसमय लागेकेाले सो महाधिबेशन पूर्व तोकिएको समयमा गराउन नसको ब्योहोरा जनाउदै सो बाट सदस्य तथा संबन्धित सबैमा पर्नगएको असुविधाकेा लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितीले दुःख प्रकट गर्दछ भनिएको छ।
सुचनामा उल्लेख गरीए अनुसार पंजीकृत सदस्यहरु को सुची हालै ब्यबस्थित गरी आफ्नो वेबसाइटमा प्रकाशित भैसकेको अबस्थामा संघ को मिति २० अगस्त २०११ मा दुबई को एभरेस्ट होटेल मा बसेको पूर्णर् बैठकले राष्ट्रिय महाधिबेशन यहि आउदो १६ सेप्टेम्बर २०११ मा गर्ने प्रस्ताब गरिए अनुरुप सोही दिन हुने व्यहोरा उल्लेख गरिएको छ।
५ अगस्त २०११ सम्ममा गैरआवासीय नेपाली संघ, राष्ट्रयिसमन्वय समिती युएई मा सदस्यताका लागि प्राप्त १,६५० नया निवेदन सहित जाचबुझ भैसकेका संघको मैजुदा पंजीकृत सदस्यहरुको सुची संघ को वेभसाइट www.nrnauae.org मा प्रकासित गरिएकोछ । यसरी प्रकासित गरिएको सुचिमा यदि कसैको नाम छुट्न गएको वा फरक पर्न गएको अथवा कुनै पनि दाबी बिरोध रहेमा मिति २४ अगस्त २०११ सम्ममा संघको इमेल nrnuae@gmail.com वा मेावाइल ०५० २५१०४१९ मा जानकारी गरी सहयोग गरि दिन समेत अनुरोध गरिएको छ ।
जारीगरिएको सुचनामा अधिवेशन हुने स्थान डेरा दुबइ स्थीत होटल कार्लटन भनिएको भएपनि प्राविधिक कारणले पुनः निश्चित गरी यथाशीघ्र जानकारी दिइने कुरा बस्यालले जानकारी दिएका छन।
पञ्जिकृत सदस्यहरुको कूल संख्या २,१३२ रहेको सो वेभसाइ्रटमा जनाइएको छ।’दाबी विरोधपछि समेत यो संख्या २ हजारभन्दा बढी नै रहने प्राय निस्चित छ ।’महासचिव बस्यालले प्रतिकृया दिए।
भने ।
यो संख्यासागै एनआरएनए, युएई मध्यपूर्वकै धेरै पञ्जिकृत सदस्य संख्या रहेको मुलुक भ्एकोछ । सदस्यताको दृष्टिले यसपछिको संख्या कतारमा १,२९६ रहेकोछ । सो अधिवेशनले आगामी दुई बर्षकोलागि नया कार्यसमिति समेत चयन गर्नेछ । निर्वाचन समन्वयकोलागि डिआर गुरुङको अध्यक्षतामा चार सदस्यीय निर्वाचन समन्वय समिति कार्यरत छ।



