काठमाडौं – अवैध रूपमा नेपाल बसेको अभियोगमा पक्राउ परेकी नर्वेली नागरिक हेलेन क्रिस्टनको मंगलबार मृत्यु भएको छ। प्रहरीका अनुसार केन्द्रीय कारागारको महिला बन्दी गृहमा रहेकी क्रिस्टनको फोक्सोमा पानी जमेको थियो।
उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको हो।
भिसा अवधि सकिएर पनि नेपाल नछोडेको अभियोगमा उनी भदौ ३ गतेदेखि कारागारमा थिइन्।
भदौ ५ गते बिरामी भएपछि कारागार व्यवस्था विभागले उनलाई नर्भिक अस्पताल पठाएको थियो। फोक्सोमा पानी जमेकाले मउनको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ।
– नागरिक