कैलालीको कन्याई होटलमा १९ बर्षीया एक युवतीको घाँटी थिचेर हत्या

धनगढी  – बिहीवार बिहान कैलालीको मसुरिया स्थित  कन्याई होटलमा एक युवतीको हत्या गरिएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यलयका अनुसर होटलमा बास बस्न संगै आएको  युवकले युवतीको  हत्या गरेको हो । एउटै मोटर साईकलमा आएका ती युवायुवती होटलमा बुधबार राति साढे ८ बजे बास बस्न आएका थिए ।  

अनुमानित १९ बर्षीया युवतीको घाँटी थिचेर हत्या गरिएको छ । शवलाई तन्नाले बेरेर हत्यरा फरार भएको प्रहरीले जनाएको छ ।  प्रहरीले ती युवक बिहान पाँच बजे होटलबाट मोटर साइकल निकालेर फरार भएको  बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको एसपी बसन्त पन्तले बताए ।  अहिले सम्म हत्या गरिएको युवती र हत्यरा युवकको नाम र ठेगना खुल्न सकेको छैन ।  प्रहरीले स्थानीय नभएर बाहिर बाट उक्त जोडी आएको अनुमान गरेको छ ।

अन्य समाचारहरु