खरायोको मासु खाएर झाडापाखाला लागेपछि उपचारमा ढिलाई गर्दा सुर्खेतमा एक ९ वर्षीय बालकको मृत्यु

सुर्खेत – सुर्खेतमा खरायोको मासु खाएर झाडापाखाला लागेपछि उपचारमा ढिलाई गर्दा एक बालक रमेश आचार्यको विहीबार विहान मृत्यु भएको छ । सुर्खेतको साटाखानी-३ का ९ वर्षीय बालकको झाडापखाला लागेपछि झरफुक गर्न लागेकाले उपचारमा ढिलो हुँदा मृत्यु भएको हो ।

मंगलबार साँझ खरायोको मासु खाएपछि बिरामी भएका रमेशलाई राति ३ बजेतिर क्षेत्रीय अस्पतालमा पुर्‍याएर उपचार गर्दा गर्दै मृत्यु भएको जानकारी पाएको जिल्ला स्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताएका छन् । फुट प्यवाइजनबाट बिरामी परेका १२ वर्षीया खगिसरा आचार्य र ११ वर्षीया लिकुमारी आचार्यको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य प्रमुख गौतमले बालकको मृत्यु फुट प्याइजनबाट भएको तर झाडापखालाको बिरामी नभएको बताए ।  अस्पतालमा उपचारका क्रममा झाडापखालाबाट मृत्यु भएको र दुई जना बालिका उपचारमै रहेको हुनाले उक्त क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली खटाइएको जिल्ला स्वास्थ्य प्रमुख गौतमले जनाएका छन् ।

अस्पतालमा उपचारमा रहेका दुई बालिका मध्ये एकलाई ज्वरो र अर्कालाई झाडापखाला भएको जिल्ला स्वास्थ्य प्रमुख गौतमले बताए । उनले यस्तो अवस्थामा झाडापखाला भन्दा ज्वरो खतरनाक भएको जनाएका छन् । गाउँमा अहिले ज्वरोको प्रकोप भएको तर, झाडापखाला नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्य समाचारहरु