बैतडी – घर भत्किदा भारतीय सीमा बजार झुलाघाटमा एक नेपाली महिलाको मृत्यू भएको छ । दुर्घटनामा उनका छोरा घाइते भएका छन ।
बिहीबार साँझ झुलाघाटमा व्यापार गर्दै बैतडी दुर्गास्थान-५ सुरकालका जयदत्त बडुले पसल राखेको घर साझ छ बजेतिर भत्किदा उनकी ५५ वर्षीया श्रीमति मायादेवी बडुको च्यापिएर मृत्यु भएको हो । उनका २५ वर्षीय छोरा सञ्जय बडु घाईते छन ।
सञ्जयलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी), व्यापारीले उद्धार गरेका थिए । उनको पिथौरागढमा उपचार भईरहेको छ । मृतकको पाष्टमार्टमकालागि भारतीय प्रहरीले पिथौरागढ लगेका छन । घर जीर्ण भएकाले भत्किएको सीमा प्रहरी चौकी जुलाघाटले बताएको छ ।



