दुबईमा तिज मनाइयो


 

दुबई – २६ अगस्त २०११ शुक्रबारका दिन दुबईको अल-अवीर स्थित वल्ड ट्रेड सेण्टरको बिशेष सभा हलमा नेपाली महिला समिति युएईको आयोजनामा नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज बिशेष कार्यक्रम २०६८ धुमधामसंग मनाउनुका साथै विभिन्न छेत्रमा योगदान पुर्याएका महिला तथा पुरुषहरुलाई सम्मान समेत गरिएको छ।

 

सो अवसरमा अर्घाखाँचीडट्कम् र नेपाली समाचार केन्द्र यूएईको प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीका लाई उत्कृष्ट संचारमाध्यम स्वरुप सम्मान गरिएको छ भने बिभिन्न क्षेत्रमा योगदानदिएकोमा समाजसेवी हरुलाई समेत सम्मान गरियो , सम्मानित हुने हरुमा : राजु लाई श्रेष्ठ,प्रबन्ध निर्देशक -नेपाल एयर लाइन्स, माधुरी श्रेष्ठ – समाजसेवी एवम नेपाली महिला ब्यबसायी(समाजसेवी स्वर्गिय भाईराजा श्रेष्ठको धर्मपत्नी),शिला गुरुङ : समाजसेवी,मान बहादुर थापा समाजसेवी, लालबहादुर ढेगां – संचारकर्मी, उमाकान्त पाण्डे गाउंले संचारकर्मी रहेका छन।