नेपाली सस्थाद्धारा भस्टचार बिरोधी अन्ना हजारे आन्दोलनलाई सहयोग स्वरुप खाना बितरण


 

 

– दीपक जीसी


नई दिल्ली, भारत । लुम्बिनी गौतम बुद्ध चेरीटेबल ट्रस्ट (रजी.)ले  मानब सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने मान्यताका साथ भस्टचार बिरोधी अन्ना हजारे आन्दोलन प्रति एक्याबद्दता जायर गर्दै सहयोग स्वरुप उक्त आन्दोलनमा सम्मेलित आन्दोलनकारीहरुलाई दिउसोको खाना (भोजन) बितरण गरेको छ।

करीब २ ट्रक जती दिउसोको खाना बितरण गरिएको थियो। उक्त खाना दिउसो १ बजे देखि लगातार साझ ५ बजे सम्म बितरण गरिएको थियो.


कार्यक्रममा उपस्थित १०० जना ट्रस्टका कार्यकर्ताहरुले नेपालमा समेत एउटा अन्ना हजारे अब छिटै जन्मनेमा आशा ब्यक्त गरेका थिए।


भारतीय बुद्दीजिवीबाट समेतको उक्त खाना खानामा विषेश रूचि देखिएको थियो। साथै उनीहरुले संपूर्ण नेपालीहरुलाई समेत यस भस्टचार बिरोधी अन्ना हजारे आन्दोलनलाई सहयोग गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै थप सहयोगको समेत अपेक्षा समेत गरेका थिए।


भस्टचार बिरोधी अन्ना हजारे आन्दोलनमा यस प्रकारको सहयोग गरेको पहिलो नेपालीहरुको संस्था हो। साथै अदक्ष्य दीपक जीसीले अन्ना हजारे संग प्रत्यक्ष भेट भई आन्दोलन प्रति थप सहयोग गर्ने अस्वासन समेत दिएका छन। र यदी नेपालमा कुनै भस्टचार बिरोधी आन्दोलन भएमा आन्दोलनकारी शक्तीहरुलाई समेत खाना, कपड़ा लगायतका सामग्रीहरु उपलब्ध गराउने समेत जानकारी गराएका थिए।


उक्त कार्यक्रममा संस्थाबाट जय प्रकाश खनाल, राज शर्मा, बीके कृष्ण, सोभाखर पंथी, बिष्णु केसी, रवि शाह, जंग बहादुर थापा, सीता शर्मा, पदम् शर्मा, भगत सिंह, गोपाल भुसाल, लगायतको उपस्तित रहेको थियो।