दुई समूह बीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएपछि चितवनमा तनाव

भरतपुर  – शनिबार अपरान्ह दुई समूह बीच चितवनको कविलास ५ मा घुमाउने घाटमा भएको झडपमा गोली चलेको छ । गोली लागेर घाइते भएका भरतपुर नगरपालिका १ का संजय लामाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।  अहिले मेडिकल कलेज अगाडि तनाव भएको छ ।

पीडितले प्रदर्शन गरिरहेका छन । प्रहरीले घटनास्थलबाट गोलीको खोका बरामद गरेको जनाएको छ । इप्रका मुग्लिनका प्रहरी नायव निरीक्षक हरि अधिकारीका अनुसार गोली चलाउनेको पहिचान भएको छैन । चितवनकै दुई समूह बीच झडप भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु