– उमाकान्त पाण्डे “गाउंले”
यूएई डेस्क – दुबई – सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा बिबिध सास्कृतिक कार्यक्रमका बिच हरीतालिका तीज मनाइएको छ। नेपाली महिला समिती यूएईको आयोजनामा नेपाली हिन्दू नारिहरुको महानपर्व लाई गत साल जस्तै यस् वर्ष पनि मनाइएको हो। दुबइ वल्ड ट्रेड सेन्टरको अल अविर स्थित बिशेष हलमा गत २६ अगस्ट शुक्रबारका दिन यहाँका स्थानिय कलाकारका साथमा महिला दिदी-बहिनी भेला भई तीज मनाएका हुन।
झलक्क हेर्दा नेपालका गाउं – घर,शहर बजारमा हुने तीज कार्यक्रमको झल्को मेटाउने सो कार्यक्रममा दिदीबहिनीले तीजका भाका मात्र गाएनन,रातो साडी,लरक्क तीलहरी-हातभरी रातै चुरा,ढप्पक्क गहना पहीरिएर कम्मर मर्काइ मर्काइ नाचे।खास गरी यूएईमा हुने प्राय:सास्कृतिक कार्यक्रममा प्रवेश शुल्क तीर्नु पर्ने ब्यबस्था हुन्थ्यो । यधपी यस् पालीको तीज कार्यक्रममा महिला – पुरुष सबैलाई निशुल्क प्रवेश मात्र होइन पेटभरी दर खाने ब्यबस्था समेत आयोजकले गरेको थियो। नेपाली खानाका बिभिन्न परीकार सगै सबै दर्शकले दिदी बहिनीहरु सगैं बसेर दर समेत खाए।
यूएईमा कार्यरत नेपालका लोक गायक चुमान काउछा, जन-सास्कृतिक (रत्तिम) परिवारका कलाकार सुर्य केसी, चिरन केसी, बिष्णु प्रशाद आचार्य, साबित्री एमसी,तुलसा थापा, सिता ठकुरी, लगायतले तीजका गीत गाएका थिए। उनीहरुले लामो समय यूएईमा कार्यरत हाल बहराइनमा रहेका लोक गायक एवम सर्जक अशिम महतका शब्दलाई आफ्नै लयमा गाएका थिए। गायक महतले बहराइन बाट कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
तीजी भाका निर जाले हो, लरक्कै रातो साडीमा , यस् पालीको तीज बबाल बरिलै, तथा आधुनिक तीज डिस्कोमा तीज, लगायतका सागींतिक प्रस्तुतीमा न्रित्यकार ममता बिष्ट, शान्ती, लीला, शोभा , सीता लगायतका कलाकार धित फेरी नाचे भने श्रीमान नेपालमा आफुत बिदेशमा हामीलाई फ्री छ भन्दै हास्यास्पद प्रस्तुती समेत देखाए।
सन्ध्याकालिन प्रहरको करीव ५ बजे बाट सुरु भएको कार्यक्रम रात्रीकालिन प्रहरको करीब १० बजे सम्म भएको थियो। कार्यक्रमको प्रस्तुती देखेर आयोजकलाई बिभिन्न संघसस्थाका प्रतिनिधि एवम दर्शक तथा समाजसेवी ले आर्थिक सहयोग समेत गरेका थिए।

कार्यक्रममा यूएईमा रही बिभिन्न पेशा ब्यवसायमा आबद्द भई नेपाली समुदायका बिभिन्न क्षेत्रमा योगदान दिने ब्यात्तित्वहरुलाई सम्मान समेत गरियो। नेपाल बायुसेवा निगम यूएई शाखाका प्रबन्धक राजुलाल श्रेष्ठ,समाजसेवी मानबहादुर थापा,महिला समाजसेवी एवम ब्यबसायी माधुरी श्रेष्ठ,शिला गुरुङ तथा संचारकर्मी द्वय लालबहादुर ढेगां र उमाकान्त पाण्डे “गाउंले” लाई खादा एवम सम्मान पत्र द्वारा सम्मान गरिएको हो।
महिला समिती यूएईकी अध्यक्ष राधा ढकालको सभापतित्व,महासचिव साबित्री एमसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अतिथीहरु नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल,एनआरएन यूएईका अध्यक्ष सिएम ढकाल,नेपाली समाचार पाक्षिकका प्रधान सम्पादक लालबहादुर ढेगां,नागरिक सेवा समाज यूएईका अध्यक्ष हिरालाल श्रेष्ठ, एनआरएन यूएईका उपाध्यक्ष एवम समाजसेवी चन्द्र रोकाह,यूएई नेपाली एकता समाजका अध्यक्ष मानबहादुर थापा,प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पगेंनी,जन संपर्क समिती यूएईका प्रतिनिधि गोपाल कडेल, तथा हल ब्यबस्थापक दयाराम खडका लगायत बिभिन्न संघसस्थाका प्रतिनिधि-पत्रकार तथा अत्यधिक दिदी-बहिनीको उपस्थिती रहेको थियो।
उपस्थित सम्पूर्ण अतिथीले हरितालिका तीजको अवसरमा शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन पत्रकार उमाकान्त पाण्डे “गाउंले”ले गरेका थिए।
मुस्लिमहरुको पवित्र महिना रमाजान र तीज पर्व एउटै समयमा परेकोले कार्यक्रमलाई ब्यबस्थापन गर्न आयोजकलाई अफ्ठ्यारो भएपनी बिभिन्न संघसस्था तथा सामाजिक ब्यत्तित्वहरुको सहयोगमा कार्यक्रम भब्यरुपमा मनाउन आयोजक सफल भयो। स्मरण होश : गत साल पनि महिला समिती यूएईले डेरादुबई स्थित होटल कार्लटनमा भब्यरुपमा कार्यक्रम गरेको थियो।