– मनोज बस्नेत
गुल्मी भदौ ११ । बिद्यालयबाट महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा ईन्दिरा मावि धुर्कोट रजस्थल गुल्मीले आयोजना गरेको सास्कृतिक महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा कलाकारहरु पुस्कल शर्मा जमुना राना बिसाल क्षेष्ठ हरीमाया रायमाझि तु_िल्सहं म्युजिक महेन्द्र भण्डारी रामजी कुमार नेपाली एकदेव पौडेल सान्ता परियार स्थानीय कलाकार राजु परियार नारायण दर्लामि लगाएतका कलाकारले प्रस्तुति दिएका थिए ।
कार्यक्रम ईन्दिरा मावि धुर्कोट रजस्थलका प्रधानाध्यापक हरी प्रसाद घिमीरेको अध्यक्षता ईन्दिरा माविका बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष राम प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा समपन्न भएको पत्रकार अर्जुन भण्डारीले जानकारी दिनुभएको छ ।