– मनोज बस्नेत
गुल्मी भदौ ११ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न केहि समय यता सकि्रय रुपमा लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले सवारी चेकँजाचलाई तिब्र पारेको छ । यसै क्रममा तम्घासको देउरालीमा गरेको चेकजाँचमा प्रहरीले ९ ओटा मोटरसाईकल र २ ओटा जिपलाई कारबाहि गरेको छ ।
कारबाहिमा पर्ने सवारीमा बिलबुक र लाईसेन्स साथमा नलिएका मोटरसाईकल र छतमा यात्रु राखेर यात्रा गराईरहेका रहेको प्रहरी कार्यालयले जनाएको छ । केहि समय यता जिल्ला प्रहरी कार्याुय गुल्मीले नियम विपरीत चलाईएका बिभीन्न सवारी साधनलाइृ कारबाहरु ग्ार्ने क्रम तिब्र पारेको छ ।