– मनोज बस्नेत
गुल्मी भदौ ११ । भीरवाट लडेर गुल्मीको ह्वाङ्दीमा १ जनाको ज्यान गएकेा छ । ह्वाङ्दी गाविस वडा नम्वर ८ को तारेभीरवाट लडेर सोही गाविसको वडा नम्वर ८ महाभीरका ४५ वर्षीय दुर्गावहादुर अर्यालको ज्यान गएको हो ।
घरवाट घाँस काट्न उक्त भिरमा गएका अर्यालको झण्डै २०० मिटर तल मृत अवस्थामा शव फेला परेको स्थानीय रमेश वुढाले जानकारी दिनुभएको छ । अर्यालको शव स्थानीय वासी र निस्ती मदाने युवा क्लवका सदस्यहरुले फेला पारेका थिए ।