गणतन्त्र संस्थागत गरौं नेपालको नयाँ संविधानमा प्रवासी नेपालीहरुको मताधिकारको ग्यारेन्टीको लागि तेश्रो राष्ट्रिय सम्मेलनू भन्ने मुल नाराका साथ कतार नेपाली एकता समाजको तेश्रो राष्ट्रिय सम्मेलन आउदो बकि्रईदमा सम्पन्न हुन गइरहेको छ । सम्मेलनलाई पूर्णरुपमा सफल पार्नको लागि तिब्ररुपमा तयारी भइरहेको छ । सदस्यता वितरण इकाई तथा एरिया समितिहरु गठन पुर्णगठन व्यापकरुपमा भइरहेको छ ।
यसै क्रममा खिम बुढाको अध्यक्षता र केन्द्रीय महासचिव भिमकान्त पंन्थीको विशेष उपस्थितीमा २६ अगस्ट २०११ का दिन ११ पुर्ण र २ वैकैल्पिक सदस्य सहित दोहा एरिया समिति गठन गरिएको छ । नव गठित एरिया समितिमा निम्न साथीहरु रहनु भएको छ अध्यक्ष ः-अम्मर बि।sबाग्लुङ्ग उपाध्यक्ष ः- हेमराज बस्नेत दाङ्ग सचिव ः- उमेश निउरेा बाग्लुङ्ग कोषा अध्यक्ष ः- उद्धव मगर रामेछाप र सदस्यहरुमा क्रमश ः विरेन्द्र श्रेष्ठ भोजपुर शुशील बुढा मगर बाग्लुङ्ग गिरी काउछा बाग्लुङ्ग हरि थापा बाग्लुङ्ग हरी पौडेल पर्वत धन बहादुर थापा अर्घाखाची पुर्ण सदस्य रहेकाछन् भने वैकल्पिकमा श्रीकृष्ण उपाध्याय रुपन्देही र १ स्थान रिक्त रहेको छ । कार्यक्रमको शुरुमा प्रमुख अतिथी भिम कान्त पंन्थीले प्रशिक्षण दिनुभएको थियो भने अर्का अतिथी केन्द्रिय सह-सचिव लक्ष्मी गुरुङ्गले समाजको बारेमा प्रकाश पार्नु भएको थियो ।
अन्तमा केन्द्रिय कार्यबाहक सभापति हेमन्त वाइवाले नयाँ निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो भने कार्यक्रमको संचालन रुद्र पोख्रेलले गर्नु भएको थियो ।