– उमाकान्त पाण्डे ‘गाउंले’
आबुधाबी – २९ अगस्ट – यूएई डेस्क – ईदको अवसरमा आबुधाबीमा भलिवल प्रतियोगीता हुने भएको छ।नेपाली समाज आबुधाबी क्षेत्रीय समिती एवम काठमान्डौ रेस्टुरेन्ट आइकार्डको सम्योजकत्वमा प्रतियोगिता आयोजना गरिने भएको हो।
स्वच्छ एवम मनोरन्जनपूर्ण प्रतियोगितामा सहभागिता जनाउन तथा खेल अवलोकन गर्नका लागि खेलमैदानमा उपस्थित हुनका लागि आयोजक समितीले यूएई बासी सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको छ।
मुस्लिम समुदायको पवित्र पर्व ‘इद’को अवसर पारेर यही सेप्टेम्बर १ बिहीवार र २ शुक्रबारका दिन आबुधाबीको आइकार्ड सिटीमा नेपाली टिमहरु बिच भलिवल प्रतियोगिता गरिन लागिएको हो। बिहीवार प्रतियोगिताको पहिलो चरणको खेल खेलाउने र सम्भब भए त्यसै दिन अन्तिम तथा फाइनल चरण र सम्भब नभएको अवस्थामा शुक्रबार बिहान खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगिताको लागि सहभागिता जनाउन बिहीवार बिहान १० बजे भित्र आयोजक नेपाली समाजका आबुधाबी क्षेत्रीय समिती अध्यक्ष एवम प्रतियोगिता सम्योजक सुर्य गिरी आबुधाबी-०५५-८४९८६०४, भिम नारायण श्रेष्ठ काठमाण्डौ रेस्टुरेन्ट ०५५-९९८३९४२ तथा दान बहादुर जिसी – ०५५-७१६४८३२ लाई संपर्क गरी समुह दर्ता गराउन सकिने छ।
सहभागिताका लागि दर्ता शुल्क : १ सय पचास एवम प्रतियोगितामा प्रथम,दीतिय र त्रितिय हुनेलाई आकर्षक नगद पुरस्कारको ब्यबस्था गरिएको जानकारी प्राप्त भएको छ।



