यूएईमा ईद मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित)


यूएई डेस्क – अखाटा – गत ३१ अगष्ट २०११ बुधबारका दिन एकातिर नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज महिलाहरुले विभिन्न ठाउंमा तीजका गीतहरुमा नाचगान गर्दै मनाएका छन् भने अर्कोतिर दुबईको अरब उडुपी रेष्टुरेण्टमा नेपाली मुस्लिम फोरम फोर कल्चर एण्ड डेभलपमेन्ट युएईको आयोजनामा भव्य ईद मिलन कार्यक्रम सम्पन्न भएको छ।

 


 

उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष ई.मोहमद अयुव खानले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत दीपक अधिकारी रहनुभएको थियो। त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी बुद्धिजीवि र पत्रकारहरु रहेका थिए। कार्यक्रमको थालनी हाफिज अयुव नाडवीद्धारा नमाज तथा रोजाको बारेमा विस्तुत जानकारी गराउंदै सुरु भएको थियो भने अनवर फलाहीले पनि २९ दिनको रोजालाई कसरी राख्ने र त्यसभित्रका नियम र त्यसबाट हुने शुभ र अशुभको बारेमा प्रकाश पारेको थियो।

 



तीजको पर्व र ईद एकै दिन परेको हुनाले सो अवसरमा सम्पूर्ण वक्ताहरुले ईद मुबारकका साथ तीजको पनि शुभकामना आदान प्रदान गरेका थिए।

 

 

 

सोही संस्थाका महासचिव शाहनवाज अखतरद्धारा आफ्नो कार्यप्रतिवेदन पढेर सुनाएका थिए। सो प्रतिवेदन अनुसार नेपालस्थित विभिन्न ठाउँमा सहयोगका साथ युएईमा पनि प्रवासी नेपालीहरुलाई गरेको उद्धारहरु उल्लेख थियो। हाम्रो नेपाल १०३ बहुं जातिय र लगभग ९२ बहुं भाषाले सम्पन्न भएको देश हो। 

 



 

विश्वमा छरिएर रहेका लगभग ३० लाख प्रवासी नेपालीहरुले आ-आफ्ना जाति र धर्मलाई कायम गर्दै आफ्नो देशको संस्कृतिलाई पनि उत्थान गरेको पाईन्छ।

 

विगत लामो समयदेखि संस्था र सामाजिक कार्यप्रति योगदान दिएकोमा अध्यक्ष ई. मोहमद अयुव खानलाई प्रशंसा-पत्र समेत प्रदान गरेको छ। त्यस्तैगरी नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष शंकर ज्ञवाली र नेपाली कल्याणकारी समिति युएईकी अध्यक्ष शोभा भण्डारीलाई पनि प्रशंसा-पत्र प्रदान गरिएको छ। 

 


 

स्रोतले जनाए अनुसार कुनै भूमिका नभएका ब्यात्तीलाई कार्यक्रममा प्रशंशा-पत्र प्रदान गरिएको घटना प्रती कार्यक्रममा उपस्थित धेरैले आस्चर्य मानेका छन।