आज रुपन्देहीमा भएका छुट्टा-छुटै घटनामापरी २ जना घाइते

बुटवल, भदौ,१५ -आज भाएको छुट्टा-छुटै  घटनामा  परी २ जना घाइते भएका छन् । बुटवलबाट सालझंण्डी जादैगरेको लु .१  ज  २१३९   नम्बरको जीपले  पर्होहा  ४  मा घरबाट सडकतर्फ निस्कन लाग्दै गरेको  लु.१ ज.३५७४  नम्बर को कार लाई ठक्कर दिदा   चालक  प्रदीप गौतम  घाइते भएका छन ।


घाइतेभएका गौतमको स्थानीय  मेडिकलमा  उपचार भै रहेको छ |


यसैगरि बुटवलबाट पश्चिमतिर  जादैगरेको लु .४  प. ८४०३  नम्बरको मोटर साइकलले सोहि  दिसातिर गैरहेको लु .१०  प. ९८०९ नम्बरको मोटरलाई  परुवा-४ मुर्गीयामा ठक्कर दिदा  रुपन्देही  मानपकडीका जनार्दन चौहान घाइते भएका छन् , चौहान लाई स्थानीय परुवा  मेडिकलमा उपचार हुननसक्दा थप उपचारको लागि बुटवल ल्याइएको प्रहरी स्रोतले  जनाएको छ।

अन्य समाचारहरु