जापानका आयोजित एक कार्यक्रममा भाग लिन पूर्वप्रधानमन्त्री एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायतको एक टोली आज टोकियो प्रस्थान गर्ने भएको छ । आगामी १९ देखि २१ भदौसम्म जापानको राजधानी टोकियोमा हुने विकास साझेदारीसम्बन्धी कार्यक्रममा भाग लिन करिब एक दर्जनको सख्यामा नेता र सभासदहरुको टोली आज त्यता जान लागेको हो ।
टोलीमा एमाले विदेश विभाग सदस्य राजन भट्टराई, नेपाली काङ्गे्रसका सभासद् डा.रामशरण महत र गगन थापा, माओवादी सभासद् खिमलाल देवकोटा, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटालगायत सहभागी हुनेछन् । जापानका नवनिर्वाचित प्रधानमन्त्री यासिहिको नोडाले उद्घाटन गर्ने कार्यक्रमको मुख्य वक्ता एमाले नेता नेपाल छन् ।
कार्यक्रममा भारतबाट प्रधानमन्त्री सचिवालयका मुख्य सल्लाहकार, वाणिज्य मन्त्री, ऊर्जामन्त्री, विभिन्न राज्यका मुख्य मन्त्रीहरू साथै व्यापारिक प्रतिनिधिमण्डल पनि सहभागी हुने बुझिएको छ । विश्वव्यापीकरणको आजको अवस्थामा निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा आर्थिक विकास कसरी अगाडि बढाउने भन्ने मुख्य विषयमा छलफल हुने सो कार्यक्रममा नेपालको सम्भावित विकासबारे पनि छलफल हुने बताइएको छ । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट डा। महतले



