क्रिकेट बलले लागेर पर्वतमा एक बालकको मृत्यु

पर्वत  – पर्वतको ठुलीपोखरी गाविसमा शुक्रवार सांझ क्रिकेट बलले  लागेर एक बालकको मृत्यु भएको छ । क्रिकेट खेल्ने क्रममा साथीले प्रहार गरेको बल छातिमा लाग्दा ठुलीपोखरी – २ का तेजप्रसाद सापकोटाका  ८ वर्षीय छोरा पवन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

त्रिभुवन प्राथमिक बिद्यालयको खेल मैदानमा क्रिकेट खेल्ने क्रममा छातिमा बलले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विजयराज पण्डितले बताए । घट्ना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु