– उमाकान्त पाण्डे “गाउंले”
नेपाली समाज आबुधाबी क्षेत्रीय समिती द्वारा आयोजना गरिएको यूएई ब्यापी खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा काठमान्डौ रेस्टुरेन्ट आइकार्ड सिटीले उपाधी कब्जा गर्यो।
बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितीमा नेपाली दुतावास आबुधाबीका उपनियोग प्रमुख तथा कार्यबाहक राजदुत दिपक अधिकारीले गत बिहीवार एक कार्यक्रमका बिच खेलको उद्घघाटन गरेका थिए भने कार्यक्रमको सभापतित्व आयोजक नेपाली समाज आबुधाबी क्षेत्रीय समितीका अध्यक्ष सुर्य गिरीले गरेका थिए।
कार्यक्रमलाई काठमाण्डौ रेस्टुरेन्ट आइकार्ड ले प्रायोजन गर्नुका साथै मिडिया सहयोगीमा अर्घाखाँची डट्कम् रहेको थियो।
जम्मा १० समुह ले प्रतिस्पर्धा गरेको खेलमा पहिलो चरणका खेल बिहीवार सम्पन्न भएका थिए भने अन्तिम तथा फाइनल खेल शुक्रबार भएको हो । काठमान्डौ रेस्टुरेन्ट आइकार्ड समुह र पाल्पाली युवा समुह बिच शुक्रबार भएको अन्तिम खेलमा काठमान्डौ रेस्टुरेन्ट आइकार्ड समुहले प्रथम स्थान हासिल गर्यो भने पाल्पालीले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।
हिन्दू नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज तथा मुस्लिम समुदायको पवित्र पर्व ‘इद’को अवसर पारेर नेपाली समुदायमा भाईचाराको सम्बन्धको बिकासका लागि भन्दै सेप्टेम्बर १ र २ गरी आबुधाबीको आइकार्डमा नेपाली समुह बिच भलिवल प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा काठमाण्डौ रेस्टुरेन्ट आइकार्ड सिटी, पाल्पाली युवा समुह , प्रवासी नेपाली युवा संघ यूएई, बबार टिम, लुलु समुह, त्यसै गरी धौलागिरी,सगरमाथा युवा क्लब,ग्रिनलाइन ट्राभल्स,एक्सईड ग्रुप, र रोयल ग्रुप यूएईले सहभागीता जनाएका थिए।
प्रथम हुने समुहलाई नगद ६ सय,दितीय स्थान हासिल गरेको समुह लाई नगद ४ सय यूएई धिराम्श तथा उत्कृष्ट खेलाडी युवराज थापा एवम रेफ्रीको भूमिका खेलेका बिक्रम लिम्बु ,तिल बहादुर रोकाह लाई नगद तथा प्रमाण पत्र बितरण एक समारोहका बिच शुक्रबार सम्पन्न भयो। कार्यक्रमको सन्चालन पत्रकार तथा नेपाली समाजका केन्द्रिय सचीव उमाकान्त पाण्डे ‘गाउंले’ले गरेका थिए।
स्मरण रहोश : आयोजक नेपाली समाज आबुधाबी क्षेत्रीय समिती द्वारा गरिएको यो नै पहिलो कार्यक्रम भए पनि छोटो समयमा गरिएको थोरै तयारीले पनि खेल भब्य एवम दर्शकको बाक्लो उपस्थितीमा ब्यबस्थित रुपमा सम्पन्न भयो।
खेल हेर्न आइकार्ड खेल मैदानमा १५ सय भन्दा बढी दर्शकको उपस्थिती रहेको थियो।