– खिम बुढा
दोहा – मुस्लीम समुदायको महान पर्व रमदान ईदअल फित्रको अबसर पारेर सुनौलो बिहानी युवा कल्ब वकीरद्वारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगीता सम्पन्न भएको छ । सो प्रतियोगितामा सदाझै यस पटक पनि बाग्लुङ्ग सामाजिक सेवा समाजको टिमले प्रथम स्थान हासिल गरेकॊ छ । २३ टिम सम्मिलित उक्त प्रतियोगीताको फाईनल खेलमा बाग्लुङ्ग र तमुबौद्र सेवा समाज पुग्न सफल भएका थिए ।
सो फाइनल खेल निकै प्रतिशपर्दाका बीच भएको थियो । त्यस खेलमा बाग्लुङ्गको टोलीमा कोचको भुमिका नगेन्द्र बहादर पौडेलले गरेका थिए भने क्याप्टेनको भुमिका खुम गाउलेले निभाएका थिए । त्यस्तै खेलाडी हरुमा दिपक थापा दुर्गा भुजेल राज खत्री रेशम बि।s। अन्तिम बि।s। गोबिन्द बि क हिरा के सी समावेश थियो ।
अपिसियलको भुमिकामा गिरी काउछा गोबिन्द आचार्य मानिसंङ्ग परियार प्रेम गुरुङ्ग गणेश गौतम सागर पौडेल कृष्ण भान्जा मिलन खत्री पे्रम शर्मा राम किशान र अन्य साथी तथा बाग्लुङ्ग बासी दाज भाइ तथा दिदी बहिनीहरुको सहयोले नै यो टिम याहाँ सम्म पुग्न सफल भएको छ । र यस खेलमा सबै खेलाडीले राम्रो खेल प्रदशन गरेका थिए त्यसमा पनि सबै भन्दा उकृष्ट खेल प्रदशन गरी बाग्लुङ्गलाई जित हाँसिल गराउने जसर्ि न ं९ का खेलाडी दिपक थापा थिए । खेल पाँच सेटनै भएको थियो ।
सबै पाँच सेट मध्य पहिलो र चौथो तमु । दोस्रो तेस्रो र अन्तिम पाँचौ सेट हात पार्दै बाग्लुङ्ग सामाजिक सेवा समाज प्रथम पुरस्कार हाँसिल गर्न सफल भएको छ ।