काठमाडौ – नेपाल वायु सेवा निगमको विमानमा मुसा छिरेपछि उक्त उडानलाई रद्द गरेर निगमका कर्मचारीहरु मुसा खोज्नमा व्यस्त रहेका छन् । उक्त विमान बैंकक उड्ने तयारीमा रहेको थियो।
अर्घाखाँचीडट्कमका एक जना समाचारदाताका अनुसार बिहान ९ बजे निगमको बोइङ ७५७ नाइन एन बैंकक उड्ने तयारीमा थियो । यात्रुहरुले बोर्डिङ पास लिइसकेका थिए । त्यतिखेरै विमान भित्र मुसा देखियो निगम स्रोतले जनाएको छ ।
साथै घण्टौ लगाएर खोज्दा पनि मुसा नभेटिएपछि निगमसंग हाल रहेको एकमात्र बोइङ ग्राउण्डेड गरिएको छ । निगमको सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । मुसा पक्रिन विमान भित्र पासो थापिएको छ ।