कतार नेपाली एकता समाजले एक कार्यक्रमको आयोजना गरी लिलानाथ कुशुमको शोकशभा सम्पन्न गरेको छ । उक्त कार्यक्रम समाजका सभापति हेमन्त वाइवाको सभापतित्वमा सम्पन्न भएको थियो ।
दुइ मिनेट मौन धारण पश्चात अगाडि बढेको कार्यक्रममा स्वगत भाषण टुकनाथ शर्माले राख्नु भएको थियो भने अन्र्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ कतार नेपाली एकता समाजका महासचिव भिम कान्त पंन्थी समाजका सचिवालय सदस्य चन्द्र बहादुर नेपाली समाजकै सचिवालय सदस्य अर्जुन थापा र दावा लामाले उहाँको जीवनीको बारेमा चर्चा गर्दै उहाँले िहंडेको बाटोमा िहंडन् सकेमा मात्र वास्तवमा उहाप्रति सच्चा श्रदान्जली हुने वताउनु भएको थियो भने उक्त कार्यक्रम समाजका कोषाध्यक्ष सविन श्रीसले संचालन गर्नु भएको थियो ।