बाजुरा: विद्यालयमा मिल्ने साथीको मृत्युको पीडा खप्न नसकेर झुण्डिएर आत्महत्या

– अर्जुन शाह

 

बाजुरा – बाजुराको कोल्टीस्थित जनप्रकाश उच्च माध्यामिक विद्यालयले पाँच दिनअघि ज्यान गुमाएकी छात्राको श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । श्रद्धान्जली कार्यक्रम चलिरहँदा पुष्पा विक निक्कै भक्कानिएकी थिइन् । कार्यक्रमको बीचैमा एकाएक घर गएकी पुष्पाले मंगलवार घरको कोठामा झुण्डिएर आत्महत्या गरिन ।

विद्यालयमा सबै भन्दा मिल्ने आफ्नी साथी १८ वर्षीया प्रगति विकले झुण्डिएर आत्महत्या गरेको पाँचौ दिनमा १६ वर्षीया पुष्पाले समेत एकाएक आत्महत्या गरेको विद्यालयका प्राचार्य अनोजराज गिरीले बताए । उनी दश कक्षामा अध्ययनरत थिइन् ।

विद्यालयका अनुसार उनीहरुका बीच एकआपसमा ज्यूदोमर्दो साथी थिए । ‘श्रद्धाञ्जली कार्यक्रममा फुल चढाई र बेस्सरी रोई, केही बेरमा त उनले आत्महत्या गरेको खबर आयो गिरीले भने ।’

कुल्देवमाण्डौ-४ नवाघरकी पुष्पा शिक्षण पेशामा संलग्न आमासँगै कोल्टीमा बस्दै आएकी थिइन् । छोरीको मृत्युपछि आमा दुर्गा विक भने वेहोस छिन्, उनलाई कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको स्थानीय हिक्मत थापाले बताए ।

अन्य समाचारहरु