पाल्पाका एक पण्डित बाजेको आफूभन्दा लामो टुप्पी

– मुक्तिप्रसाद न्यौपाने


पाल्पा, २२ भदौ – हिन्दु परम्परामा अनुसार ब्राह्मणजातीले चुडाकर्म गरेपछि जनै लगाउने र टुप्पी पाल्ने गर्नुपर्छ । परम्परा हराउँदै र नयाँ mेसन भित्रदै गरेको आजको समयमा यहाँका एक जना ब्राह्मणको टुप्पी आफ्नो उचाई भन्दा पनि ३० सेन्टीमिटर भन्दा लामो छ ।


पाल्पा जिल्लाको खानीगाउँ गाउँ विकास समिति वडा नं १ चण्डीस्थानमा २००१ सालमा जन्मिनुएका ५ फिट ३ इन्च उचाईका डाँसुराम घिमिरेले आफ्नो उचाई भन्दा एक हात


लामो टुप्पी पाल्दै आएकाछन् । उनले भुईमा लत्रिने गरि टुप्पी पालेकाछन् ।


६७ वर्षीय घिमिरेले हिन्दु धर्मानुसार टुप्पी पाल्दा आयु बुद्धि र बलको बुद्धि हुने भएकोले आफू जान्ने बुझ्ने भएदेखि नै टुप्पी पाल्दै आएको बताउँछन् । कर्मकाण्ड विषयमा पण्डितको काम गर्दै आएका घिमिरेले मेरो टुप्पी सुरुमा देख्नेहरुले आश्चर्यमा पर्ने गरेपनि मैले यसको महत्व र फाइदाबारे जानकारी दिएपछि सबैजनाले टुप्पी पाल्नु राम्रै रहेछ भन्ने कुरा राम्ररी आत्मसात गर्ने गरेका छन् भन्छन् ।


आजकल केटाकेटीहरुले कपाल पालेर हिड्छन् तर मैले टुप्पी पाले उनले अगाडि भन्छन् यो टुप्पी म बाचुञ्जेल काट्दिन । आफू गाउँ गाउँमा पूजा पाठ गराउन जाँदा या कोही आफन्तको घरमा जाँदा समेत मेरो टुप्पी देखेपछि सबैले दंग परेर हेर्ने गर्दछन्, घिमिरेले भन्छन् ।

अन्य समाचारहरु