दैलेख – दैलेखको लोहोरे खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका-४ भैंसेखोरकी १५ वर्षीया आयस्मा शर्मा रहेकी छिन् ।
उनी बुधबार बिहान मामाघर विन्ध्यावासिनी गाविसको काँडा गाउँतर्फ लागेकी थिइन् । चुप्रास्थित लोहोरे खोलाको बीचमा शव अड्किएको अवस्थामा प्रहरीले शव उद्धार गरेको हो । पोष्टमार्टमका लागि प्रहरीले शवलाई जिल्ला अस्पतालमा पुर्याएको छ ।



