युरोप र एसिया क्षेत्रमा प्रवासी नेपालीहरुको छाता संगठन गैरआवसीय नेपाली संघ, एनआरएनको सक्रियता उल्लेखीय रहेपनि अमेरिकामा यस्को प्रभाव नगन्य जस्तै छ । तरपनि पछिल्लो समयमा अमेरिकामा एनआरएनको सक्रियता बढ्दो छ ।
त्यसैक्रममा नेपाली उल्लेखीय बसोबास रहेको न्युयोर्कमा एनआरएन कमिटी गठन भएको छ । विविध क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा चिकित्सक विनोद शाहको संयोजकत्वमा गठन एनआरएन न्युयोर्क तदर्थ समितिले यस बर्षको अन्त्य सम्म निर्वाचन सम्पन्न गनुपर्ने छ ।
एनआरएन, राष्ट्रिय समन्वय समिति अमेरिकाका कोषाध्यक्ष समेत रहेका शाहको संयोजकत्वमा गठित समितिमा सञ्जय थापा, विश्व शाह, सतेन्द्र शाह, सिता खरेल, अर्जुन मैनाली, अर्जुनबहादुर सिंह, कृष्ण पोख्रेल र केशव राई रहेका छन् ।