काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेस्तोल र गोलीसहित एक किशोर पक्राउ परेका छन्।
प्राप्त समाचार अनुसार कतार एयरबाट दोहा हुँदै लन्डन जान लागेका एक १८ वर्षीय किशोर विमानस्थलको प्रस्थान कक्षमा पेस्तोल र गोलीसहित पक्राउ परेका हुन ।
यसैगरी पक्राउ परेका किशोर प्रवेश गुरुङ पोखरा निवासी भएको प्रहरीले बताएको छ।
उनलाई विमानस्थल प्रहरीले पेस्तोल र टुटुको गोलीसहित पक्राउ गरेको हो।
बुधवार राति साढे १० प्रहरीले चेकजाँच गर्दा चाईनिज पेस्तोलको गोली १ राउण्ड र टुटुको जस्तो देखिने गोली १ राउण्ड बरामद भएको थियो ।
नेपाल प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।