महायज्ञको पहिलो दिन बेल्जियमा यूरो १ लाख २२ हजार भन्दा बढि रकम संकलन

बेल्जियममा नेपाल हाउस (नेपाली साँस्कृतिक भवन निर्माण सहयोगार्थ ) जयतु संस्कृतम बेल्जियमको संयोजन तथा एन. आर. एन बेल्जियम लगायत बिभिन्न संघ संस्थाको संयुक्त आयोजनामा संचालित श्रीमद् भागवत ज्ञान महायज्ञको शुभारम्भ गरियो।आध्यत्मिकता बाट बृह्त्तर समुन्नयन भन्ने नाराका साथ सन्चालित उक्त महायज्ञको पहिलो दिनमा १ लाख २२ हजार भन्दा बढि रकम संकलन भएको छ।


धार्मिक विश्वासको उपयोग गर्दै बिभिन्न अनुष्ठान र कार्यक्रमहरुको आयोजना बाट अर्थ संकलन गर्ने र त्यसको उपयोग सामाजिक भलाईका लागी गर्ने अभियानमा लाग्नु भएका नविन एंव बैज्ञानिक आध्यत्मिक अभियानका अभियन्ता वाचन प्रविण पं दीनबन्धु पोखरेल वाचकत्वमा संचालित भैरहेको उक्त कार्यक्रमको समुद्घाटन आयोजक समितिका संयोजक राधाकृष्ण अधिकारीको अध्यक्षता र नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त्कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै नेपाल टेलिभिजनका पत्रकार श्रीमती किरण गौचन र ने.क. पा एमालेका केन्द्रीय सदस्य कर्ण थापा र जि. बि. स बाग्लुङ्का भुतपूर्व सभापति टिकाराम सापकोटाको समेत उपस्थित हुनुहुन्थ्यो।

 

एन. आर. एन बेल्जियमका महासचिव तथा कार्य सम्पादन समितिका सदस्य शिव कुमार वरुवालले स्वागत मन्तव्य व्याक्त गरेकाको उक्त कार्यक्रममा एन. आर. एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्ले शुभकामना मन्तव्य र जनसम्पर्क समितिका अध्यक्ष तथा कार्यक्रम व्यावस्थापन समितिका संयोजक गंगाधर गौतमले धन्यवाद ज्ञापन गरेका थिए  भने कार्यक्रमको संचालन कार्यक्रमका प्रवक्ता दीपक ज्योती पौडेलले गरेका थिए।

धर्मभावलाई समाज कल्याणका विविध फाँटमा रुपान्तरण गर्ने उदेश्यले संचालित उक्त महायज्ञमा पहिलो दिनको दान रकमको आधारमा हेर्नेहो भने अन्य दिनमा थुप्रै रकम जम्मा हुन सक्ने संभावना रहेकोछ।