धादिङ – धादिङ स्थित पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाविस वडा नम्बर २ छहरा नजिकै बिहीबार दिउँसो पौने एक बजे बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन शुक्रनगर ७ का नेत्रप्रसाद न्यौपाने रहेको घटना उद्धारमा संलग्न राजमार्ग दुर्घटना उद्धारक स्वंमसेवक दिवस श्रेष्ठले बताए । काठमाडांैबाट विरगंज जाँदै गरेको ना ३ ख ५९७४ नम्बरको बसले चितवनबाट काठमाडौ जांदै गरेको बा ४६ प ५२११ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार अर्का शंकर सापकोटा गंम्भीर घाइते भएकाले उपचारका निम्ति काठमाडांै तर्फ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।



