गैर आवासीय नेपाली संघ ओमानको दोर्रामा रक्तदान कार्यक्रम सम्पन्न

ओमान, मस्कट – 2 सेप्टेम्बर  २०११  का दिन  गैर आवासीय नेपाली संघ ओमान दोर्रा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ l   नेपाली महिलाहरुको  महान पर्ब तीज तथा मुस्लिमहरुको  महान चाड ईद अल फ़तर्को अबसर पारेर उक्त रक्तदानको आयोजन गरिएको हो l  

 


 

युवाहरु लाई संगठितगर्दै रक्तदान महादानको भाबनाको साथ्   नेपालीहरु लाइ जाग्रित गर्ने र  ओमानमा  नेपालीहरुको ऐक्यवद्धता जाहिर गर्दै सुरु गरिएको कार्यक्रमको अधक्ष्यता  गैर आबासीय नेपाली संघका अधक्ष्य डी बी  क्षेत्रीले गरेकाथीय भनि उक्त रक्तदान कार्यक्रममा  ओमान नेपाली एकता समाज,  सगरमाथा समूह ओमान, नेपाली समाज ओमान, तथा   नेपाली पत्रकार मंचका प्रतिनिधिहरु र  रक्तदाताहरुको उपस्थिति थियो  तथा मस्कट  स्थितः सबै संघ संस्थाहरुको समर्थन रेहेको थियो l     

 

मस्कट, घाला स्थित रोयल होस्पिटलको रक्तकोष शाखामा  राखिएको  कार्यक्रममा बिहान ९:०० बजे देखि दिनको १:०० बजे  सम्म चल़ाईएको सिबिरमा ५६ जना नेपालीहरुले रक्त दान गरेका  थिए   l