– उमाकान्त पाण्डे ‘गाउले’
आगामी अक्टोबर २८ तारिख शुक्रबारको दिन(कार्तिक ११)मा आबुधाबी स्थित केरेला सोसियल सेन्टरको बिशेष हलमा सो कार्यक्रम हुने भएको समाजका अध्यक्ष सुर्य गिरीले जानकारी दिएका छन।
यसैबिच सो कार्यक्रम लाई सफल बनाउन समाजको केन्द्रिय समितिले समेत सहयोग गर्ने निर्णय आज डेरा दुबइमा सम्पन्न केन्द्रिय बैठकले गरेको छ।
कार्यक्रममा यूएईका स्थानिय कलाकारको बिशेष प्रस्तुती हुने भएकोले यूएई बासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थिती जनाउन आयोजक नेपाली समाजले आग्रह समेत गरेको छ।



