नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द

परासी – छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक शिक्षक र शिक्षिकाको मृत्यु भएको शोकमा नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय  बन्द भएका छन् ।

गत भदौ १४ गते गैंडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका गणेश प्रावि, भेडाबारीका शिक्षक डोलराज रोका र गत भदौ १६ गते तनहुँको आँवुखैरेनीमा भएको दुर्घटनामा परी मृत्यु भएका शान्ति श्रृजना निमाविका शिक्षिका नेत्रमाया पौडेलको शोकमा जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिएको शिक्षक युनियनका अध्यक्ष मोहन शर्माले बताए ।

विद्यालय बन्द हुँदा जिल्लामा रहेका ५४५ सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

अन्य समाचारहरु