– उमाकान्त पाण्डे ‘गाउंले’
नेपालमा दशै तिहार जस्ता महान पर्व भित्रिदै गर्दा बिदेशमा बस्ने नेपालीका लागि स्वदेश आवात जावत गर्न सहज होश भन्दै हवाइ टिकटमा बिशेष सहुलियत दीइने भएको छ। यस्तो अवसर यूएईबाट नेपाल जानेका लागि हो । नेपालका लागि उडान भर्ने हवाइ कम्पनीसग समन्ययब गर्दै ग्रिन लाइन ट्राभल्सले यस्तो अवसर जुटाउने भएको हो।
यूएई बाट नीयमित दैनिक उडान भर्दै आएका एयर अरबिया, फ्लाई दुबइ जस्ता हवाइ कम्पनी सग मिली ग्रिन लाइन ट्राभल्सले सहुलियत दिने तयारी गरेको हो। नेपालीकै प्रत्यक्ष लगानीमा सन्चालित सो ट्राभल्सले अन्य एजेन्सीको हकमा नेपालीलाई बिशेष सहुलियत दिने जनाएको छ।
दसैं – तिहारमा टिकट नपाएर धेरै नेपाली घर फिर्ने अवसर बाट बन्चित हुनुपर्ने, चर्को मुल्यमा टिकट लिनु पर्ने, कतीपय अवस्थामा बिमानस्थलमै पुगे पनि बिबिध कारण देखाउदै टिकट क्यान्सिल हुने,अनुभब सगांलेका यहाँ कार्यरत नेपालीका लागि यो सहुलियत बाट केही राहत मिल्ने महसुस गरिएको छ।
दसैं तिहारको अवसरमा दीईने बिशेष सहुलियत लाई सदुपयोग गर्दै यूएईमा कार्यरत सम्पूर्ण नेपालीलाई मौकाको फाईदा उठाउन ट्राभल्सका संचालक द्वय बालकृष्ण खडका, र ठाकुर प्रशाद ढुगांनाले आग्रह गरेका छन।



