डडेलधुरा – डडेलधुराको अमगरगढी नगरपालिकाको वार्ड नं ११ को सल्लाघारी ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार कैलालीको सहजपुरदेखि सामान लिएर अछाम गइरहेको लु२च ७६२६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा कैलालीकै दिलबहादुर बहापति र उनका पाँच वर्षीय छोराको ज्यान गएको हो । ट्याक्टर सडकदेखि एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेरु सबैको डडेलधुरास्थित टीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



