-शालिक राम आचार्य
मस्कट ओमान ९, सेप्टेम्बर २०११ – नेपालीहरुको हरेक सुख दुखमा हाते मालो गरदै दुनिया को हरेक कुनामा रहेका नेपालीको आँशु पुछदै देशमा चलि रहेको संघियतालाइ ओमानबाट बीरोधगर्दै तथा नेपाली प्रयटन वर्ष २०११ लाई सघाउन ओमानमा रहेका नेपालीहरुलाइ जागृत गराउदै ओमान नेपाली एकता समाज आफ़्नै मातहतमा रहेको पस्चिमेली छाडा सांस्कृतिक र नेपाली कल्चरको नाममा नग्न नृत्यहरुको बिरोध तथा गरिब र र्पिल्सियका नेपालीहरुको लोकगाथा र नेपाली लोक संगीतको प्रचार ओमान तथा पुरै दुनिया सामु चिनाउने उदेस्य लिएर ओमानमा गठन भएको सिर्जनसिल सांस्कृतिक परिवारको सामुहिक पहलमा गरिएको हरितालिका तिज २०६८ को शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

ओमान नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको संचालन “प्रवाशी आवाज” का संपादक बसंत नेपालले गरेका थीय प्रमुख अतिथिमा ओमान नेपाली एकता समाजका संस्थापक उपाध्यक्ष संजय के. सी. रहेकाथीय तथा अथिथि हरुमा सगरमाथा समूह ओमानका अध्यक्ष सागर अधिकारी, नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ्ग, गैर आबासिए नेपाली संघ ओमानका माहासचिव सुरज कुमार मास्के, “प्रवाशी आवाज” का संपादक बसंत नेपाल, उक्त कार्यक्रमको मिडिया पाटनर रहेको (अर्घाखाँची टाईम्स) अर्घाखाँची डट्कमका पत्रकार शालिक राम आचार्य , मघर संघ ओमानका सचिव तिलक पुन मगर लगाएतका प्रतिनिधिहरुको उपस्तिथि थियो ।
प्रमुख अथिथित बाट दीप प्र्जोयोलित गरी सहिद हरुलाइ मौन शर्धाअञ्जलि दिदै राष्ट्रियगानको साथ सुरु गरियको उक्त कार्यक्रममा राम बहादुर थापाले सम्पूण संघ संस्था बाट आएका पाहुना र प्रवाशी जनसमुह लाइ स्वागत गरेकाथिय । सिर्जनसिल सांस्कृतिक परिवारको ओमानको नाम परिब्रतन गरी रक्तींम सांस्कृतिक परिवार ओमान रखिएकोछ ।
स्वागतगीत द्वोरा सुरु भएको रक्तीम सांस्कृति परिबारको गीति यात्राले ओमानमा पनि देश भक्त रहेछन भनेर चिनाएकाछन साथमा मुना नेपाल श्रेष्ट तथा कल्पना पुन मगर को तीजि गीत ले सम्पुरण दर्शकहरु झुमि झुमि नाचेकाथीय साथै कल्पना तथा किरन राइको मेरो हातमा खुकुरी त उनको हातमा झण्डा नृत्यले सबैलाइ देसप्रेम मा चुवलुक्क डुबाएको थियो ।

नमराज आचार्यको “” म निर्धाको गाथा सुनाउदै गाउ गाउ हिड्दैछु “” र तिलक काउछा मगरको “” हलो छैन गोरु छैन दिउस खानि अर्नि छैन “” निर्त्यले पुरा हालमा सन्नटा र खामूसि छाएको थियो सबैले एकटक भएर अफ़्नो अफ़्नो गाउ बेसि पुगेको दर्शकहरुको प्रतिक्रिया मिलेकोथियो साथै तीजि प्रस्तुतिमा खुमिसरा खत्री (उमा), रिता आचार्य, हेम आचार्य, नमराज आचार्य, मुना नेपाल , कल्पना पुन मगर, राजिन्द्र दुलाल, भानिइश्वर जैसी, गोमा पुन मगर, कालिका समाल, पदमा कुवर, उमेश कुवर लगाएतका कलाकारहरुको बिसेस नृत्य तथा तीजि दोहरीले सबैलाइ मच्चि मच्चि नाच्न बाध्य बनाएको थियो भने जेनि राइ चामिलिन्ग को फ़र्क नेपाली गीतमा दर्शकले आसु झारेकाथीय तथा मुना नेपालको ओमानको समाचार प्रस्तुतिलाइ सबैले पसंद गरेकाथीय सीताराम खडकाको गजलले पनि प्रभावित पारेको थियो ।

कार्यक्रम बिसेशता रहेको संघियताको बीरोधगर्दै पत्रकार शालिक राम आचार्यले नेपाल लगाएत यूएई बाट सघींयता बिरुद्द ऊत्रेका संघ संस्थाहरु अर्घाखाँची डट्कम् नेपाली एकता समाज केन्द्रिय समिती यूएई, नेपाली समाज यूएई को बिसेश पहलमा सुरु गरियको सघींयता बिरुद्द राष्ट्रिय सघंर्ष समिती यूएई लाइ ओमान नेपाली एकता समाजको समर्थन रहेको र देश लाइ फ़िजिकरन् हुन बाट बचाउन ओमानमा कार्यरत बुदीजीबी नेपालीहरु लाइ सघींयता बिरुद्द राष्ट्रिय सघंर्ष समिती ओमानको स्थापना हुनुपर्ने र आफ़ुले येसको लगी छिटो भन्दा छिटो काममा लाग्ने जानकारी दीएकाछन । उनको भनाई लाइ उपस्तिथित जनसमूहले जोरदार स्वागत गरेकोथियो उक्त सघींयता बिरुद्दको मन्तब्य पछि सघींयता बिरुद्दका संगीतले हालमा गुन्जामय भयको थियो रक्तीम सांस्कृति परिबारका सिवलाल गिरिको “” देशै जानथालेयो टुकडा टुकडा परेर ””, मुना नेपाल र कल्पना पुनको “”” बिदेश बाट लेयाएको सघींयता ”” तीजि नृत्यले धेरै प्रभाभित पारेको थियो ।

सघींयता बिरुद्दका आबाज र संगीतले ओमानमा रहेका आफ़ुलाइ बुद्दिजीबी भनौदाहरुले कार्यक्रममा बीरोध् जनाएका थीय उनिहरुको समूहले कार्यक्रम परिसरमा लागु पदार्थ सेबनगरी कार्यक्रम बिथुल्ने प्रयासगरेका थीय उनिहरु सोयमसेबकहरुको साथ् झगडागर्न खोजेको पनि थाह हुन आयकोछ ।
गैर आबासिय नेपाली संघ का सुरज कुमार मस्के ले आगामि दिन माहुने धेरै सामाजिक कार्यक्रमहरु गरिने बताउदै संघले शिक्षा दिवसको अवसर पारेर ओमानमा कार्यरत नेपालीहरुको सीप अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत कम्पूटर तथा इन्टरनेट शिक्षा हरेका शुक्रवार सञ्चालन गर्ने तयारी भइरहेको साथै युवाहरुको लागि खेलकुद कार्यक्रमको योजना रहेको जानकरि दिएकाथीय । नेपाली समाजका अध्यक्ष गोबिन्द गुरुङ्गले कार्यक्रममा हामि सबै नेपालीहरु एकभै ओमानमा नेपाली हरुको सुख दुखमा कामलाग्ने र आगामि दसैको कार्यक्रम नेपाली समाज को मार्फ़त हुन गैरेहको जानकारी दिएका थीय । मगर संघले पनि वलिबल् पर्तियोगिता हुन गैरहेको जानकारी सचिब् तिलक पुन मगरले दीएकाछन ।

कार्यक्रमका अध्यक्ष धन बहादुर क्षेत्रीले शुभकामना संदेश पडेर सुनाउदै सबैलाइ धन्याबाद ज्ञापन गरेका थीय नेपाली अन्तराष्ट्रिय नेपाली एकता समाज, मूल प्रबाह , अखिल भारत नेपाली एकता समाज , नेपाली एकता समाज कतार, नेपाली एकता समाज केन्द्रिय समिती यूएई, नेपाली राजदुताबास साउदीअरब, (अर्घाखाँची टाईमस) अर्घाखाँची डट्कम् , सघींयता बिरुद्द राष्ट्रिय सघंर्ष समिती यूएई, नेपाली समाज यूएई लगायतका पत्रहरु सामिल गरीएकोथियो अधक्ष्य धन बहादुर क्षेत्रीले देशको जल्दो बल्दो समस्याको बारेमा प्रकाश पार्दै देशको मायागर्छु भनेर देशको फ़ोटालाई (मुई) चुम्मा खाएर देशको माया हुदैन हामीले मुख बजाएर पनि देश्पर्तिको हाम्रो माया हुदैन जरुरीछ सबै नेपालीले आफ़्नो आफ़्नो ठाउ र हैसीएत मुताबिक देशको प्रचार गर्ने सबैले नेपाली सर समानहरु बोकेर छुत्टि बाट ओमान या दुनियाको कुनै कुनामा फ़र्केपनि नेपाली बजार लाइ मद्दत पुग्छ । हामि ले बिदेस बाट केहि मह्न्गो समान नकिनौ सबै समान नेपालमानै सुफ़द् मुल्ल्यमा पाइन्छ र नेपालमा नै हामिहरु सबैले खरीद गरे बाफ़त् नेपालको आर्थिक सहयोग हुने कुरालाइ प्रस्ट पारेका थीय ।

नेपालको प्रचार मा अलिकति लचाकचक्क्ता अपनाउने बक्य्ती नै हो जसले देश प्रतिको माया पनि जताउछ तर हामिले नेपालबाट खैनि चुरोट बोकेर फ़्र्कन्छौ अनि गुटका खैनि मुखमा चापी रक्सिको बत्तल् कोखामा राखी तास हातमा छोपेर नेपालका नेताहरु लाइ गाली गरी जुन नेता आएपानि कानै चिरेको भनि हाम्रो देस ता खतम भयो भन्छन अध्यक्ष क्षेत्रीले भने पहिला आफ़ुलाई चिनौ र अफ़्नो परिबारको क्रतब्यलाइ तथा समाजको जिम्मेदारि सम्जौ अनि मात्र तिम्रो देश प्रतिको माया लाइ जताउछ उनले भने हामि सबै एकछौ एकै रहने पर्तिबद्दता गरौ संसारका नेपाली एकहौ सघींयता बिरुद्द राष्ट्रिय सघंर्षको लागी अघिबढउ भन्दै कार्यक्रम समाप्त गरियको थियो । १४ बर्ष देखी ओमानमा कार्यरत बुजुर्ग युबराज अर्यालले येस्तो किसिमको कार्यक्रममा मनोरन्जन, हास्य कमेडी, हास्य र ब्यङ्ग समाचार, दुखी किसानका पीडा, महिलाहरुको बेदना र देश भक्तिले दुबाए को कार्यक्रम ओमानमा पहिलो पटक भयेको जानकारि दिएका छन ।
ओमानमा पहिलो पटक भएको तीजि कार्यक्रम हुनाले महिलाहरु धरैनै खुसियाली मा रमएको तीजमा माइत आएसरि भएको महिला हरुको भनाईथियो कार्यक्रममा सबै रङ्ग परेको हुनाले कार्यक्रम सफ़ल् भएको जानकारी आयोजक समितिले दिएको छ । कार्यक्रममा ५ जना दर्शकहरु लाइ भाग्यशाली उपहार चित्टा निकाली बाडिएको थियो ।