इलाममा जिल्ला प्रशासन कार्यालयले इलाम होमियो फार्मेसीमा म्याद सकिएका औषधी फेला परेपछि पसल नियन्त्रणमा लिएको छ ।
अनुगमन टोलीले आज विहान अनुगमन गर्दा फार्मेसीमा म्याद नाघेका औषधीहरु फेला परेको जनाईएको छ । फार्मेसीमा म्याद सकिएका र पुराना औषधीहरु बिक्रीकालागि राखिएको पाइएकोले प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले बताउनु भयो ।
फार्मेसी सञ्चालक मदन कटुवाललाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन टोलीले इलाम अस्पतालको तीन सय मिटर आसपासका चिया पसल तथा होटलबाट मदिरा हटाउन पनि निर्देशन दिएको छ ।