एनआरएन युकेको अध्यक्ष पदमा व्यवसायी कुल आचार्य अध्याधिक मतका साथ निर्वाचित

nrnuk

 

– धर्मराज अधिकारी

लण्डन । एन आर एन युकेको अध्यक्ष पदमा व्यवसायी कुल आचार्य अध्याधिक मतका साथ निर्वाचित भएका छन । यसअघि उपाध्यक्ष रहेका आचार्य एन आर एन युकेको चौथो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन । सेप्टेम्बर ११ मा भएको मतदानमा उनले कुल खसेको सदर मत मध्ये १६८२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अर्का प्रत्यासी नरेन्द्र कुमार नेम्वाङले ४२७ मत प्राप्त गरे । मतदानमा खसेको २२५४ मतमध्ये ११६ मत बदर भएको थियो ।

nrnuk1
त्यस्तै दुई पद रहेको उपाध्यक्षमा महेन्द्र कंडेल र थर्क सेन द्धय निर्विरोध निर्वाचित भए । महासचिव (संयोजक) मा रामशरण सिंखडाले १५३२ मत, कोषाध्यक्षमा दिलराज गुरुङ निर्विरोध र सह संयोजकमा  सुष्मा लिम्बु निर्वाचित भएका छन ।


nrnuk2
आइतबार अल्पर्टनमा भएको साधारण सभाले बसुन्धरा राई, रमेश शर्मा बास्तोला, दासुराम पाण्डे, संगिता मरहठ्ठा, शान्ती थापा, गणेश बहादुर गुरुङ, कृष्ण प्रसाद तिमल्सिना, राज कुमार क्षेत्री र एक बहादुर पुन निर्वाचित भएका छन । गत निर्वाचनहरुमा भन्दा अधिक महिलाहरुको सहभागिता रहेको निर्वाचनमा सदस्य शान्ती थापा र बसुन्धरा राइले बढि मत पाएका थिए । थापा र राइले क्रमश १६९७ र १६७१ मत प्राप्त गरे । विजयी उम्मेदवारहरुलाई एन आर एन अध्यक्ष सुर्य गुरुङले खादा मालाले सम्मान तथा बधाइ ज्ञापन गरेका थिए ।


nrnuk3
यसैगरी एन आर एन युकेका आइसीसी सदस्यहरुमा विश्व आदर्श पण्डित, राजन कंडेल र शंकर भण्डारी निर्विरोध भए ।  नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा राघव प्रसाद धितालले अध्यक्ष मण्डल तथा नेपाली दुतावासका काउन्सीलर गणेश अधिकारीको उपस्थितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । विजयी उम्मेदवारहरुलाई डा. धितालले प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन समितिका संयोजक डा. राघव धिताल, प्रवक्ता हेमराज शर्मा, डा. कृष्ण अधिकारी, राजु थापा, पुर्व अध्यक्ष रिटायर्ड मेजर डम्मर घले तथा निर्वाचनमा महत्वपुर्ण सहयोग गरेका कृष्ण भट्टलाई अध्यक्ष मण्डलका रामप्रताप थापाले खादा तथा प्रमाणपत्रबाट सम्मान गदैं सहयोगको प्रशंसा गरे ।


nrnuk4
यसअघि अध्यक्ष सुर्य गुरुङको अध्यक्षतामा बसेको साधारण सभाको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसे र एन आर एन आइसीसीका संरक्षक रामप्रताप थापाले संयुक्त रुपमा गरेका थिए । संयोजक भक्त गुरुङद्धारा सञ्चालीत सो कार्यक्रममा डा. चालीसे, थापा, एन आर एन आइसीसीका कोषाध्यक्ष रामेश्वर शाह, एन आर एन आइसीसीका सल्लाहकार प्रा. डा. सुर्य प्रसाद सुवेदी, बेलायतस्थित संघसंस्थाका तर्फबाट युबिजीइएका संयोजक ज्ञानराज राइ, एमाले नेता कर्ण थापा, एनआरएन युकेका आइसीसी सदस्य शंकर भण्डारी, एन आर उन युरोप संयोजक रिटायर्ड क्याप्टेन हितमान गुरुङ, निर्वाचन समितिका संयोजक डा. राघब प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


nrnuk5
साधारण सभाले आठ बुंदे लण्डन घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा नेपालको राजनीतिक स्थायित्व र शान्ति प्रकृया सफलताको कामना, दोहोरो नागरीकताको सवाल, बेलायतमा