यूएईमा अर्को नेपालीले आत्महत्या गरे

– उमाकान्त पाण्डे ‘गाउंले’


यूएई डेस्क – अर्घाखाँचीका एक नेपाली युवाको मृत् शब फेला परेको घटना सेलाउन नपाउदै यूएईको रसअलखेमामा अर्को एक नेपालीले आत्म हत्या गरेको समाचार प्राप्त भएको छ।


म्याग्दी बेनी घर भएका हाल यूएईमा कार्यरत एक नेपालीले आत्महत्या गरेका हुन। आज मगंलबार दिउस करीव ११ बजे महेन्द्र श्रेष्ठ ले कोठामा रहेको पखांमा झुन्डिएर आत्महत्या गरेका हुन।


नेपालमा रहेको आफ्नी प्रेमिकाले धोका दिएकोले गएको केही दिन यता समुन्द्रमा हाम फाली आत्महत्या गर्छु भन्दै पागल प्रेमीको व्यबहार देखाइ रहेका उनलाई साथीहरुले जेनतेन बचाई राखेका थिए।


कोठामा सबै सुतेको अवस्थामा अर्को कोठामा रहेको पखांमा उनले झुन्डिएर आत्म हत्या गरेको सगै एउटै रुममा रहेका नेत्र भुजेलले जानकारी गराएका छन।


रस अलखेमा स्थित एजे सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ४ महिना अघी ३ लाख खर्च गरी म्यानपावर मार्फत यूएई आएका हुन।