जिल्ला प्रशासन रुपन्देहीको भवन अपाङ्गमैत्री बन्ने

– कृष्ण खनाल


बुटवल ।  रुपन्देही जिल्लामा जनताको सेवाका  लागी भनेर  दजनौ सरकारी तथा गैरसरकारी संस्था स्थापना भएका भए पनी कुनै पनी संस्थाहरु अपाङ्ग मैत्री बन्न नसकेका अवस्थामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नया निर्माण गर्न लागीयोको भवन अपाङ्गमैत्री बनाउने भएको छ ।


नेपाल सरकारको भवन निर्माण आचार संहिता २०६० अनुसार जिल्ला वा केन्द्रियस्तरमा सरकारी गैर सरकारी वा निजी क्षेत्रको सहयोगमा बन्ने जुन सुकै भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाउनु पर्ने प्रवाधान रहेको उल्लेख भए पनी कार्यानयन हुन सकेको थिएन ।


पछिल्लो समयमा सरकारी कार्यालय आपाङ्गमैत्री बनाउनु पर्ने आवाज उठिरहेको समायमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको नया बन्ने भपन  अपाङ्गमैत्री  बनाउन लागिएको हो ।


जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत बाबुराम खनालले  दिएको जानकारी अनुसार नया बन्ने भवन अपाङ्गमैत्री  बनाउन लागिएको छ । करिव ३ करोडको लगानीमा निर्माण गर्न लागिएको उक्त भवन पुर्णतय अपाङ्गमैत्री बन्नेछ ।

 
सामान्य तया ह्व्ल चियरको सहायतामा हिडडुल गर्ने अपाङ्गता भएका व्यक्तिहरुले सहजता पाउने छ । निर्माण कार्य भर्खर मात्र सुरु भएकॊ उक्त भवन आगामि २ वर्षमा पुरा हुने छ । प्रशासकिय अधिकृत खनालका अनसार भवनको तल्लो तलामा जनताको जिबन संग सम्बन्धीत सम्पुर्णकामहरु हुने छन । रुपन्देही जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या एकिन थाहा नभएको भए पनी जिल्ला विकास कार्यालय रुपन्देहीबाट आिशंक तथा पुर्ण रुपमा  अपाङ्गता भएका मानिसहरुको संख्या २ सय ७ जना रहेका छन । यो तथ्याङ्ग जिल्ला विकास समितीबाट अपाङ्गता भत्ता लिने व्यक्तिहरुको मात्र हो ।

 
अव  जिल्ला प्रशासन कार्यालय मात्र भए पनी अपाङ्ग  मैत्री बन्ने भए पनी अपाङ्गता भएका व्यक्तिहरुले केहि रुपमा भए पनी राहत पाउनेछन ।

अन्य समाचारहरु