नेपालका सुदिप गौतम बेलायतको अनलाइन बिक्री सम्बन्धी वेभसाइट ई वे मा बेलायतकै सबैभन्दा ठूलो बिक्रेता बन्न सफल


 

लण्डन । प्राप्त समाचार अनुसार बेलायतको अनलाइन बिक्री सम्बन्धी वेभसाइट ईवे मा नेपालका सुदिप गौतम बेलायतकै सबैभन्दा ठूलो बिक्रेता बन्न सफल भएका छन् ।

 

ईवे की प्रवक्ताले गौतम आफ्नो साइटको एक्लो ठूलो विक्रेता बनेको पुष्टि गरेकी छन् । एक नम्बरको विक्रेता बन्न सफल भएकोमा खुशी व्यक्त गदै गौतमले आफु अघिल्लो वर्षहरुमा पनि दोस्रो र तेस्रो नम्बरको विक्रेता बनिसकेको बताए ।

 

थाहा भए अनुसार उनले दैनिक २ हजार वस्तु ईवे मार्फत विक्री गरिरहेका छन् । उनी हाल १३ जना स्टाफ लिएर मोबाइल सामानको कारोवार पनि संलग्न छन् । उनको बार्पिक कारोवार ३ मिलियन पाउण्ड भन्दा बढी रहेको जनाइएको जनाएको छ । ड्यारियो लोपेजको नामले चिनीने गौतम सन् २००२ को नोभेम्बरमा आमासंगै बेलायत पुगेका थिए ।

 

गुल्मी घर भएका उनी १३ वर्षको उमेर देखी व्यापारमा संलग्न छन् । उनका बुबा पहिल्यै बेलायतमा थिए । गौतमले बेलायतको जस्तै व्यापार नेपालमा सञ्चालन गर्ने सम्भावना भने नरहेको बताएका छन् ।