रौतहटमा चट्याङ्ग लागेर एक अठार बर्षीया युवतीको मृत्यु

– शिब पुरी

 

रौतहट – रौतहटको चन्द्रनिगाहपुर गाविस-४ गैंडाटार गाँउमा बिहीबार बिहान खसेको चट्याङ्गले एक युवतीको मृत्यु भएको छ । चट्याङ्गका कारण घरमा क्षती पुर्‍याएको छ भने गोरु समेत घाइते भएको छ ।

गैंडाटार-४  कि अठार बर्षीया शर्मिला ढुङ्गानाको घरमा चट्याङ्ग खसेर मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए । घरमा बिहान खाना पकाउँदै गर्दा अचानक चट्याङ्ग खस्दा ढुङ्गनाको घट्नास्थलमै मृत्यु भएको हो । मृतकका घरपरिवारका सदस्यहरु भने बाहिर काममा थिए ।

गाउँकै एक विद्यालयको कक्षा नौ मा अध्ययनरत ढुङ्गानाको चट्याङ्ग खसेर शरिरको एक भाग पुरै जलेको थियो । उनको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाउँबाट ल्याएको छ । बिहान लगातारको बषर्ा सगै चट्याङ्ग खसेको थियो ।  



 

अन्य समाचारहरु