जिरीबाट घुम्न निस्किएका २२ वर्षीय फ्रान्सेली नागरिक २३ दिनपछि मृत फेला

चरिकोट  – दोलखाको जिरीबाट घुम्न निस्किएका २२ वर्षीय फ्रान्सेली  नागरिक हुगो लसबलिए २३ दिनपछि मृत भेटिएका छन् ।

जिरीको एक होटलबाट ‘चेर्दुतर्फ जान्छु’ भनेर एक्लै निस्किएका हुगोलाई दोलखाको खारे गाविस वडा नम्बर ४ ढुंगेली खोला किनारामा मृत भेटएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रहरी सहितको टोलीले हुगोलाई सडेको अवस्थामा पहिचान गरेका थिए । मेकानिकल इन्जिनियर समेत रहेका हुगो भदौ ६ गते जिरीबाट हिडेका थिए ।

छोरा सम्पर्कविहिन भएपछि खोजी गर्न नेपाल आएका बाबु भ्रान्सले हुगो फेला पार्नेलाई एक लाख नगद पुरस्कारको घोषणा गरेका थिए । पोस्मार्टमका लागि जिरी ल्याइएको हुगोको शवलाई हेलिकप्टरमार्फत बिहीबार नै काठमाडौं लगिएको छ ।

अन्य समाचारहरु