म्याग्दीको बाबियाचौरमा भएको बस दुर्घटना/११ जनाको मृत्यु

म्याग्दीको बाबियाचौरमा भएको बस दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
बाबियाचौरबाट दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्बरको बस बाबियाचौर गाविस-८ रणवाङमा दुर्घटना भएको हो । 
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

अन्य समाचारहरु