नेपाली समाज यूएईको सारजाह-अजमान क्षेत्रीय समितीको अधिवेशन आउदो शुक्रबार हुने

– उमाकान्त पाण्डे गाउंले
यूएई डेस्क – १८ सेप्टेम्बर २०११ – आबुधाबी- यूएईमा रहेका नेपालीहरुको माउ सस्था नेपाली समाज सारजाह तथा आजमान क्षेत्रिय समितीको अधिवेशन आउदो शुक्रबार हुने भएको छ। केन्द्रिय कार्य समितीको निर्वाचन पछी नयाँ गठित समितिको मातहतमा सो महाधिवेशन हुन लागेको हो।
समाजले एक सुचना प्रकाशित गर्दै आगामी २३ सेप्टेम्बर शुक्रबारको दिन समाजका केन्द्रिय महासचिव प्रकाश कोईरालाको सारजाह स्थित निवासमा बिहान १० बजे देखी महाधिवेशन को बन्द सत्र सुरु गर्ने जनाएको छ भने साझ ३ बजे देखी अजमानमा हुने भएको हो।  
नेपाली समाज सँग आबद्द तथा अन्य जुनसुकै संघसस्था बाट प्रतिनिधि जनाउने वा समाजलाई माया गर्ने जो सुकैले उम्मेदवारी दिन सक्ने सुचनामा उल्लेख छ।
यहाँ अस्तित्वमा रहेका संघसस्था तथा बैधानिक रुपमा कारयर्त नेपालीले सो कार्यक्रममा सहजरुपमा उपस्थिती जनाउन सक्ने प्रकाशित सुचनामा जनाइएको छ।
सेप्टेम्बरको तेस्रो साता शुक्रबार बिहान सारजाह समितीको अधिवेशन र साझ अजमानको अधिवेशन गरिने भएको हो।
थप आबाश्यक जानकारीका लागी नेपाली समाजका केन्द्रिय अध्यक्ष कृष्ण ढकाल ०५५९७४५८३५, र केन्द्रिय महासचिव प्रकाश कोईरालाको ०५०६५८१४४३ लाई संपर्क गर्न भनिएको छ।
समाजको केन्द्रिय समितिको गत जनवरी २८ मा सम्पन्न निर्वाचन पछी बनेको नयाँ कार्यसमितीको मातहतमा यस् अघीनै आबुधाबी, दुबइ क्षेत्रीय समितिको अधिवेशन नयाँ कार्य समिती गठन गर्दै सम्पन्न भएको थियो।