मेगा बैंक फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी विराटनगरमा हुने भएको छ ।
गत बैशाखमा प्रतियोगितामा सहभागी ६ सय फोटोग्राफरहरूले खिचेका ४ हजार ९ सय ८९ फोटो मध्ये निर्णयक मण्डलले १ सय ४३ फोटो छनौट गरेको थियो ।
फोटो पत्रकार क्लबको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म विराटनगरमा प्रदर्शनी गर्न लागिएको हो ।
फोटो प्रदर्शनी असोज ८ गतेदेखि ९ गतेसम्म अतिथि सदनमा र १० गते महेन्द्रचोक रोड सोमा गरिनेछ । प्रतियोगितामा यलु जोशीले खिचेको तस्बिर फोटो अफ दि इयरको उपाधि जित्न सफल भयो ।