यूएई डेस्क – नेपालवाट हङ्कङमा गएर व्यापार व्यवसाय गरिरहेका नेपालीहरुको संगठन च्याम्बर्स अफ कमर्स हङकङको अध्यक्षमा जे एन ज्ञवाली निर्वाचित हुनु भएको छ । कङ्गनमा भएको दोस्रो महाधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा डासुराम पराजुली , महासचिवमा राजेन्द्र कुमार थापा, सचिवमा शसीमदन राई र कोषाध्यक्षमा भिम काफ्ले निर्विरोध निर्वाचित दहुनु भएको छ । त्यस्तै अन्य सदस्यहरुमा अनिता कुमारी गुरुङ, श्याम कार्की, कमल प्रसाद पौडेल र रामजी घिमिरे निर्वाचित हुनु भएको छ ।
च्याम्बर्स अफ कमर्स हङकङको विधानमा ११ जना कार्य समिति रहने प्रावधान रहेकाले बाकि सदस्य पछि बैठकले चयन गर्ने वताइएको छ । हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवसीय नेपाली संघ हङकङका अध्यक्ष दुर्गा गुरुङ, हङकङ नेपाली महासंघका सचिव नन्द चङसु, पूर्व विजनेश संघका अध्यक्ष वेद खडका, च्याम्बरका पूर्व उपाध्यक्ष बुद्धि बहादुर थापा लगायका महानुभावहरुले च्याम्बर्स अफ कमर्सको दोस्रो महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको आर्थिक र कार्य प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । बन्द सत्रमा सांगाठानिक प्रति उठेका प्रश्नहरुको जवाफ महासचिव पराजुली र कोष सम्बन्धि उठेको कोषाध्यक्ष राजेन्द्र कुमार थापाले दिएका थिए । हङकङ करिव ४ सयभन्दा बढि साना ठुला ब्यापारिहरु रहेपनि ३९ वटाले मात्र सदस्य लिएका छन् ।